समाचार

प्रधानमन्त्री ओलीले एक्समार्फत दिए ट्रम्पलाई बधाई

२०८१ कार्तिक २२ गते ८:२७

काठमाण्डू, २२ कात्तिक- प्रधानमन्त्री केपी ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बुधबार सामाजिक सञ्जाल एक्समार्फत ओलीले बधाई दिएका हुन् । ओलीले ट्रम्पको कार्यकालको पूर्ण सफलताको कामना गरे । ओलीले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको...

ओलीको चीन भ्रमणको संयोजन गर्ने जिम्मा आरजुलाई

२०८१ कार्तिक २१ गते १९:३४

काठमाण्डू, २१ कात्तिक- प्रमुख दुई सत्तारूढ घटक काँग्रेस र  एमालेले प्रधानमन्त्री केपी ओलीको चीनको औपचारिक भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री ओली र देउवाको निर्देशनमा भ्रमणको तयारीको संयोजन राणाले गर्ने निर्णय दुई दलद्वारा गठित राजनीतिक संयन्त्रको बैठकले उक्त...

मानव तस्करसँग जापान गएर गल्ती भयोः एमाले नेता अधिकारी

२०८१ कार्तिक २१ गते १८:५६

विराटनगर, २१ कात्तिक- कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले आफू मानव तस्करसंगै जापान गएको गम्भीर खुलासा गरेका छन् । अनुमतिबिना जापान गएपछि विवादमा आएका अधिकारीले बुधबार राजीनामा दिए । मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गरेका उनले मानब तस्कर समूहसंगै जापान...

जिबी राई अध्यक्ष रहेको सहकारीकी लेखा सदस्य पक्राउ

२०८१ कार्तिक २१ गते १८:१२

काठमाण्डु, २१ कात्तिक- काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न एकजना पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले ठगी आरोपमा सुनिता नेवालाई पक्राउ गरेको हो । परिसरका एसपी नवराज अधिकारीले पक्राउ परेकी नेवा सहकारीकी लेखा समिति सदस्य हुन् । परिसरमा...

रौतहटमा जङ्गली हात्तीले गर्‍यो धान र केराखेती नष्ट

२०८१ कार्तिक २१ गते १७:३५

रौटहत, २१ कात्तिक– रौतहटका विभिन्न गाउँमा जङ्गली हात्ती पस्न थालेपछि स्थानीय त्रसित भएका छन् । जङ्गली हात्ती गाउँ छिरेपछि अहिले जिल्लाको गुजरा, वृन्दावन र चन्द्रपुर नगरपालिकाका स्थानीय त्रसित बनेका हुन् । हात्तीले भित्र्याउने बेलाको धान नष्ट गर्न थालेपछि किसान चिन्तित छन् । गत आइतबार...

राष्ट्रपति पौडेलद्वारा एक्समार्फत ट्रम्पलाई बधाई

२०८१ कार्तिक २१ गते १७:३३

काठमाण्डु, २१ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले नवनिर्वाचत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल एक्समार्फत ट्रम्पलाई बधाई दिएका हुन् । पौडेलले ट्रम्पको दोश्रो कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको बताए । ‘राष्ट्रपतिमा निर्वाचित डोनाल्ड...

इजरायल–हमास युद्ध रोक्छु भन्ने पण्डित इजरायलका लागि राजदूत नियुक्त

२०८१ कार्तिक २१ गते १७:२५

काठमाण्डु, २१ कात्तिक– इजरायलको राजदूतमा धनप्रसाद पण्डित नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पण्डितलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेका हुन् । मन्त्रिपरिषदको गत १४ साउनको बैठकले पण्डितलाई इजरायलको राजदूतमा सिफारिस गरेको थियो । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइै विशेष समितिले सुनुवाइ...

अदालतले निर्दोष ठान्यो, ओलीले पत्याएनन्

२०८१ कार्तिक २१ गते १७:१२

काठमाण्डु, २१ कात्तिक– भ्रष्टाचार मुद्धामा विशेष अदालतबाट सफाई पाएका मुख्यसचिव डा. बैकुण्ठ अर्याललाई प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयमा कामकाज गर्न नदिने भएका छन् । आफ्ना विश्वासपात्र एकनारायण अर्याल मुख्यसचिव रहेकाले ओलीलाई बैकुण्ठलाई कामै बिनाजिम्मेवारी आयोगमा पठाएका हुन् । अदालतले सफाई दिएसँगै निलम्बन फुकुवा भएका...

ओलीलाई अंकुश लगाउन कि सघाउन बनाइयो राजनीतिक संयन्त्र ?

२०८१ कार्तिक २१ गते १६:५५

काठमाण्डु, २१ कात्तिक– सत्तारुढ दलभित्रैबाट सरकारका काम प्रभावकारी नभएको गुनासो बढिरहेका बेला प्रमुख दुई सत्तारुढ घटक काँग्रेस र एमालेले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । सरकारका काम प्रभावकारी बनाउन संयन्त्र बनाइएको नेताहरुले बताएका छन् । यस्तो संयन्त्र प्रदेश र स्थानीय तहसम्मै निर्माण गरिने...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

२०८१ कार्तिक २१ गते १६:२६

काठमाण्डु, २१ कात्तिक– प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । ओलीको स्वास्थ्य सुधारोन्मुख रहेको उनको सचिवालयले जनाएको छ । ओलीको उपचारमा संलग्न डा. दिब्यासिंह शाहले ओलीलाई भाइरल ज्वरो आएको बताइन् । उनका अनुसार ओलीको स्वास्थ्य परीक्षणका सबै रिपोर्टहरू सामान्य छन् । मंगलबार एक्कासि...

उपत्यकामा ५ सय र हजारका नक्कली पैसाको कारोबार गर्ने गिरोह सक्रिय

२०८१ कार्तिक २१ गते १६:१४

काठमाण्डु, २१ कात्तिक– प्रहरीले काठमाण्डु उपत्कयामा नक्कली खोटा नोट कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ सिपाडोलका सोहिल शाक्यलाई खोटा नोटसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार शाक्यले नक्कली खोटा मुद्रा निर्माण गरी उपत्यकामा विभिन्न स्थानमा कारोबार गर्दै आएका थिए...

१७ वर्षीया किशोरी बलात्कृत

२०८१ कार्तिक २१ गते १५:३१

बाँके, २१ कात्तिक– बाँकेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् । बलात्कार आरोपमा कोहलपुर नगरपालिका–२ बर्दहवाका २४ वर्षीय सन्दीपकुमार थारू पक्राउ परेका छन् । थारुले गत १९ कात्तिकमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएको छ । उजुरीका आधारमा पक्राउ गरिएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us