उपत्यकामा ५ सय र हजारका नक्कली पैसाको कारोबार गर्ने गिरोह सक्रिय

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १६:१४ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक– प्रहरीले काठमाण्डु उपत्कयामा नक्कली खोटा नोट कारोबार गर्ने एक जनालाई पक्राउ गरेको छ ।

भक्तपुरको सूर्यबिनायक नगरपालिका–८ सिपाडोलका सोहिल शाक्यलाई खोटा नोटसहित पक्राउ परेका हुन् । प्रहरीका अनुसार शाक्यले
नक्कली खोटा मुद्रा निर्माण गरी उपत्यकामा विभिन्न स्थानमा कारोबार गर्दै आएका थिए ।

नक्कली खोटा मुद्रा निर्माण गरी कारोबार गरेको भन्ने विशेष सूचनाका आधारमा मंगलबार प्रहरीले उनलाई पक्रेको हो ।

उनले उपत्यकाका विभिन्न स्थानमा नेपाल राष्ट्र बैंकबाट जारी गरेको नेपाली एक हजार र पाँच सय दरका नोट जस्तो देखिने चाँदीको नक्कली नोट (खोटा मुद्रा) निर्माण गरी कारोबार गर्ने गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट जारी गर्दा उल्लेख हुने विवरणसमेत भएको नेपाल राष्ट्र बैंकले निकालेको हो भन्ने भान पार्ने वा विश्वास हुने गरी अनाधिकृतरुपमा नेपाली नोट १००० र ५०० दरका सेतो प्लास्टिकले लेमिनेसन गरेको चाँदीको जस्तो देखिने नक्कली नोट फेला पारी रितपुर्वक बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त घटनाको थप अनुसन्धान गरिउएको प्रहरीको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us