समाचार

प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने कार्कीलाई जापानमा पक्राउ गरी नेपाल ल्याउने तयारी

२०८१ कार्तिक २१ गते १५:०७

काठमाण्डु, २१ कात्तिक– जापानबाट प्रधानमन्त्री केपी ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका युटुबर रतन कार्कीलाई प्रहरीले पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ । प्रहरीको साइबर ब्युरो र केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले कार्कीको अभिव्यक्तिबारे अनुसन्धान गरिरहेको छ । इन्टरपोलमार्फत उनलाई नेपाल ल्याएर साइबर अपराधमा कारबाही...

अमेरिकी जनताको सानदार जित: ट्रम्प

२०८१ कार्तिक २१ गते १४:२२

काठमाण्डु, २१ कात्तिक- अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित हुने निश्चितजस्तै भएपछि रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले यो अमेरिकी जनताको सानदार जित भएको टिप्पणी गरेका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले मतदातालाई धन्यवाद दिए । आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि स्वर्ण युग हुने...

पतिको निधनपछि गाउँपालिका उपाध्यक्षमा पत्नी भइन् उम्मेदवार

२०८१ कार्तिक २१ गते १३:२७

दोलखा, २१ कात्तिक– कांग्रेसले आगामी १६ मंसिरमा हुने उपनिर्वाचनका लागि गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष उम्मेदवारको टुंगो लगाएको छ । काँग्रेस जिल्ला समितिले पासाडिकी तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेर केन्द्रमा सिफारिस गरेको छ । तामाङ पार्टीको बागमती प्रदेशकी महिला विभाग सदस्य छिन् । काँग्रेस दोलखाका सभापति...

धादिङको आदमघाटमा दुई यात्रुबस आपसमा ठोक्किए

२०८१ कार्तिक २१ गते १३:२०

धादिङ, २१ कात्तिक– पुथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा २ वटा यात्रुबस आपसमा ठोक्किएका छन् । दुर्घटनामा दुवै बसका गरी ११ जना घाइते भएका प्रहरीले जनाएको छ । काठमाण्डुबाट गोरखा जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस र विपरित दिशामा रहेको आउँदै गरेको बा५ख ३४९५ बस आपसमा...

एमाले नेता पोखरेल ठगीमा संलग्न रहेको भनिएको सहकारीको प्रहरीले ताला फुटायो

२०८१ कार्तिक २१ गते १३:१३

विराटनगर, २१ कात्तिक– प्रहरीले मोरङको धनपालनाथ गाउँपालिका–४ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा लगाइएको ताला फुटाएको छ । ताला फुटाएर प्रहरीले अनुसन्धानका लागि सहकारीका सबै कागजात जफत गरेको छ । सर्वसाधारण बचतकर्ताको लाखौं ठगिएको विषय बाहिर आएपछि सञ्चालकहरु कार्यालयमा ताला लगाएर फरार थिए...

भागेर जापान गएका मन्त्री अधिकारीले दिए राजीनामा

२०८१ कार्तिक २१ गते १२:४४

काठमाण्डु, २१ कात्तिक– कोशीका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले बुधबार बिहान मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । अधिकारी अनुमतिबिनै जापान भ्रमणमा गएपछि विवादमा तानिएका थिए । प्रदेशका मन्त्री र मुख्यमन्त्रीले विदेश भ्रमणमा जानुअघि संघीय सरकारको अनुमति...

टिकटक नेपालमा विधिवत दर्ता

२०८१ कार्तिक २१ गते १२:३१

काठमाण्डु, २१ कात्तिक– नेपालमा टिकटक दर्ता भएको छ । सञ्चार मन्त्रालयले औपचारिक रुपमा नेपालमा टिकटक दर्ता भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक दर्ता भएको बताए । सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाअनुसार टिकटक दर्ता भएको जानकारी उनले दिए । डिजिटल साक्षरता...

काठमाण्डुमा दुई व्यक्ति मृत फेला

२०८१ कार्तिक २१ गते ११:५६

काठमाण्डु, २१ कात्तिक- काठमाण्डुको सुन्दरीजलमा एक व्यक्ति मृत फेला परेका छन् । काभ्रेका ४५ वर्षीय सुरेश तामाङ गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा मृत फेला परेका हुन् । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच टोखा नगरपालिका-५ बसुन्धारामा डेरा गरी बस्ने सुनसरीको धरान उपमहानगरपालिका-१२...

तीन जना सवार मोटरसाइकललाई बसले ठक्कर दियो, एकको मृत्यु

२०८१ कार्तिक २१ गते ९:४९

चितवन, २१ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनमध्ये एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर–१३ अमिलियाका  २१ वर्षीय सुनिल...

अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो बढी सुनसहित तीनजना पक्राउ

२०८१ कार्तिक २१ गते ९:३५

काठमाण्डु, २१ कात्तिक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । एयर अरेबियाको उडानमार्फत सारजाहबाट काठमाण्डु आएका उनीहरु सोमबार सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झियानझोङ, साट नेइङ टुन र एइ एनगोन फू छन् । त्रिभुवन...

प्रधानमन्त्री ओलीको विरोध गर्नेहरु निगरानीमा

२०८१ कार्तिक २१ गते ८:१०

काठमाण्डु, २१ कात्तिक–प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा विरोध गर्नेहरुमाथि निगरानी बढाइएको छ । ओली सहभागी सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने तथा सामाजिक सञ्जालमा आधारहीन र चरित्रहत्या गर्ने खालका प्रचार गर्नेहरु प्रहरीको निगरानीमा छन् । ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, तथा युट्युबमार्फत...

छठको दोस्रो दिन आज खरना

२०८१ कार्तिक २१ गते ७:५१

काठमाण्डु, २१ कात्तिक– छठ पर्वको दोस्रो दिन आज ब्रतालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us