धादिङको आदमघाटमा दुई यात्रुबस आपसमा ठोक्किए

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १३:२० मा प्रकाशित

धादिङ, २१ कात्तिक– पुथ्वी राजमार्गअन्तर्गत धादिङको आदमघाटमा २ वटा यात्रुबस आपसमा ठोक्किएका छन् ।

दुर्घटनामा दुवै बसका गरी ११ जना घाइते भएका प्रहरीले जनाएको छ ।

काठमाण्डुबाट गोरखा जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस र विपरित दिशामा रहेको आउँदै गरेको बा५ख ३४९५ बस आपसमा ठोक्किएर दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई उद्धार गरी काठमाण्डुस्थित ट्रमा सेन्टर पठाइएको छ ।

सामान्य घाइतेको आदमघाट अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचार जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us