अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो बढी सुनसहित तीनजना पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते ९:३५ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् ।

एयर अरेबियाको उडानमार्फत सारजाहबाट काठमाण्डु आएका उनीहरु सोमबार सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झियानझोङ, साट नेइङ टुन र एइ एनगोन फू छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरीको विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले उनीहरुलाई भन्सार ब्यागेज क्षेत्रबाट पक्राउ गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाइएको डिएसपी थापाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us