तीन जना सवार मोटरसाइकललाई बसले ठक्कर दियो, एकको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते ९:४९ मा प्रकाशित

चितवन, २१ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनमध्ये एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रत्ननगर–१३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

रत्ननगर–१३ कै २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् ।

उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us