काठमाण्डुमा दुई व्यक्ति मृत फेला

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक- काठमाण्डुको सुन्दरीजलमा एक व्यक्ति मृत फेला परेका छन् ।

काभ्रेका ४५ वर्षीय सुरेश तामाङ गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा मृत फेला परेका हुन् ।

मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच टोखा नगरपालिका-५ बसुन्धारामा डेरा गरी बस्ने सुनसरीको धरान उपमहानगरपालिका-१२ का ३१ वर्षीय कृष्ण पाण्डे आफ्नै डेरामा मंगलबार फेला परेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us