काठमाण्डु, २१ कात्तिक– नेपालमा टिकटक दर्ता भएको छ । सञ्चार मन्त्रालयले औपचारिक रुपमा नेपालमा टिकटक दर्ता भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव गजेन्द्रकुमार ठाकुरले टिकटक दर्ता भएको बताए । सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाअनुसार टिकटक दर्ता भएको जानकारी उनले दिए । डिजिटल साक्षरता...
काठमाण्डु, २१ कात्तिक- काठमाण्डुको सुन्दरीजलमा एक व्यक्ति मृत फेला परेका छन् । काभ्रेका ४५ वर्षीय सुरेश तामाङ गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल बंगालमा मृत फेला परेका हुन् । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच टोखा नगरपालिका-५ बसुन्धारामा डेरा गरी बस्ने सुनसरीको धरान उपमहानगरपालिका-१२...
चितवन, २१ कात्तिक- पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनमध्ये एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल...
काठमाण्डु, २१ कात्तिक- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । एयर अरेबियाको उडानमार्फत सारजाहबाट काठमाण्डु आएका उनीहरु सोमबार सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा झियानझोङ, साट नेइङ टुन र एइ एनगोन फू छन् । त्रिभुवन...
काठमाण्डु, २१ कात्तिक–प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा विरोध गर्नेहरुमाथि निगरानी बढाइएको छ । ओली सहभागी सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने तथा सामाजिक सञ्जालमा आधारहीन र चरित्रहत्या गर्ने खालका प्रचार गर्नेहरु प्रहरीको निगरानीमा छन् । ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, तथा युट्युबमार्फत...
काठमाण्डु, २१ कात्तिक– छठ पर्वको दोस्रो दिन आज ब्रतालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका ब्रतालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि...
काठमाण्डु, २१ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) मा भाग लिन आगामी २५ कात्तिकमा त्यसतर्फ जान लागेका छन् । अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय...
काठमाण्डू, २० कात्तिक- राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समिति बैठकले प्रमुख आयुक्तमा आचार्यलाई सिफारिस गरेको हो । यस्तै प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव...
पाल्पा, २० कात्तिक- पाल्पाको तानसेन नगरपालिका-८ गौंडेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु८८प ६६५६ नम्बरको मोटरसाइकल सिद्धार्थ राजमार्गस्थित गौंडेबाट खस्दा मोटरसाइकमा सवार तानसेन नगरपालिका- ७ की २७ वर्षीया सावित्रा थापाको मृत्यु भएको हो । प्रहरी कार्यालय पाल्पाका प्रहरी...
काभ्रे, २० कात्तिक- काभ्रेमा आमाको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँका २८ वर्षीय फुर्साङ लामा रहेको प्रहरीले जनाएको छ । उनले गत १६ कात्तिकमा ६९ वर्षीया आमा माइली लामाको हत्या गरेका थिए । तालिम प्राप्त कुकुरको...
काठमाण्डू, २० कात्तिक- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् । नेपाल र गणतन्त्र इन्डोनेसियाबीच द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई ‘करका बुवाना अवार्ड’...
काठमाण्डू, २० कात्तिक- सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उक्त फैसला गरेको हो । यसअघि पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले पनि सदर गरेको हो । २०६९...