काठमाण्डू, २० कात्तिक- सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।
यसअघि पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सर्वोच्चले पनि सदर गरेको हो ।
२०६९ सालमा पुनरावेदन अदालतले मनाङेलाई ५ वर्ष कैद सजाय सुनाएको थियो ।
गुण्डा नाइके मनाङे समूहले ०६१ सालमा अर्का नाइके मिलन चक्रे गुरुङलाई तरबार हानेको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डूले मनाङे कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।