काभ्रे, २० कात्तिक- काभ्रेमा आमाको हत्या गरेर फरार भएका व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोशी गाउँपालिका-३ भञ्ज्याङगाउँका २८ वर्षीय फुर्साङ लामा रहेको प्रहरीले जनाएको छ ।
उनले गत १६ कात्तिकमा ६९ वर्षीया आमा माइली लामाको हत्या गरेका थिए ।
तालिम प्राप्त कुकुरको सहायतामा मृतकका कान्छा छोरा फुर्साङलाई तत्काल पक्राउ गरी कारबाही अघि बढाइएको काभ्रे प्रहरीका डिएसपी मिनबहादुर घलेले जानकारी दिए ।
फुर्साङले सुनको रिङ र नगद हत्याउन आमालाई पहिला सिलौटो र पछि आग्लोले हानेर हत्या गरेको स्वीकार गरेका छन् ।