सुरेश आचार्य प्रमुख सूचना आयुक्त सिफारिस

काठमाण्डु टुडे २०८१ कार्तिक २० गते २२:५२ मा प्रकाशित

काठमाण्डू, २० कात्तिक- राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. सुरेश आचार्य सिफारिस भएका छन् ।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समिति बैठकले प्रमुख आयुक्तमा आचार्यलाई सिफारिस गरेको हो । 

यस्तै प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारी सूचना आयुक्तमा सिफारिस भएका छन् ।

सभामुख अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री र नेपाल पत्रकार महासंघका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ । प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us