१७ वर्षीया किशोरी बलात्कृत

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १५:३१ मा प्रकाशित

बाँके, २१ कात्तिक– बाँकेमा १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कार आरोपमा कोहलपुर नगरपालिका–२ बर्दहवाका २४ वर्षीय सन्दीपकुमार थारू पक्राउ परेका छन् ।

थारुले गत १९ कात्तिकमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दिएको छ ।

उजुरीका आधारमा पक्राउ गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us