प्रधानमन्त्री ओलीले एक्समार्फत दिए ट्रम्पलाई बधाई

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते ८:२७ मा प्रकाशित

काठमाण्डू, २२ कात्तिक- प्रधानमन्त्री केपी ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।

अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई बुधबार सामाजिक सञ्जाल एक्समार्फत ओलीले बधाई दिएका हुन् ।

ओलीले ट्रम्पको कार्यकालको पूर्ण सफलताको कामना गरे ।

ओलीले राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ बन्नुका साथै पारस्परिक समृद्धि र सहकार्यमा टेवा पुग्ने आशा व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us