समाचार

करेन्ट लागेर नेपाली सेनाको मृत्यु

२०८१ कार्तिक २२ गते १८:३७

काठमाण्डु, २२ कात्तिक– मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको मकवानपुर प्रहरले जानकारी दिएको छ । भीमफेदी–८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा...

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ कार्तिक २२ गते १८:१८

काठमाण्डु, २२ कात्तिक– रूपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा परासीबाट भैरहवातर्फ जाँदै गरेको ना.२५ प ५६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय...

डेढ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान

२०८१ कार्तिक २२ गते १७:४३

काठमाण्डु, २२ कात्तिक– डेढ वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान गरीएको छ । ६ असार २०८० मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले बिहीबार दोस्रो उडान गरेको विमानस्थल स्रोतले जानकारी दिएको छ । यसबीचमा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरेका थिएनन्...

लुटपाटको आरोपमा असईसहित २ प्रहरी पक्राउ

२०८१ कार्तिक २२ गते १७:१५

काठमाण्डु, २२ कात्तिक– प्रहरीले लुटपाटको आरोपमा प्रहरी सहायक निरीक्षक –असई)सहित दुई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा असई अनबहादुर पुन र प्रहरी जवान धीर बुढा रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो ।...

बलराम सरदारलाई कांग्रेसले ग्रामथान गाउँपालिका अध्यक्ष बनाउने

२०८१ कार्तिक २२ गते १७:०१

काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागी सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष टुङ्गो लगाएको छ । कांग्रेसले ग्रामथान गाउँपालिकामा बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेस मोरङ संसदीय समितिको बैठकले सरदारलाई अध्यक्षको उम्मेदवार...

राष्ट्रपतिले गौरीघाट र कमलपोखरी पुगेर गरे छठ पूजा

२०८१ कार्तिक २२ गते १६:४३

काठमाण्डु, २२ कात्तिक– राष्ट्रपति रामचन्द्र पौडेलले आज (बिहिबार) तराइबासी नेपालीको ठूलो पर्व छठ पर्वको अवसरमा काठमाण्डुको गौरीबाटस्थित वाग्मती नदी किनारमा निर्माण गरिएको छठघाटमा पुगेका छन् । त्यहाँ उनले छठीमाइको पूजा गरेका हुन् । छठ पर्वको मुख्य दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।...

भैंसेपाटीको हनिट्रयाप घटना अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई

२०८१ कार्तिक २२ गते १६:३०

काठमाण्डु, २२ कात्तिक– ललितपुरको भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घटनाको अनुसन्धान गर्ने जिम्मा अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पाएको छ । ललितपुर प्रहरीको प्रस्तावमा सीआईबीलाई सो घटना अनुसन्धान गर्ने जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन । यसअघि...

उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता

२०८१ कार्तिक २२ गते १६:२२

काठमाण्डु, २२ कात्तिक– आगामी १६ मंसिरमा हुने स्थानिय तहको उपनिर्वाचनको लागी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको रास्वपा स्रोतले जानकारी दिएको छ । कोशीमा निशा डाँगी, मधेशमा...

सिराहामा धान खेतमा भेटियो किशोरको शव

२०८१ कार्तिक २२ गते १५:१८

काठमाण्डु, २२ कात्तिक– सिराहाको लहान ३ रघुनाथपुरस्थित लक्ष्मण ललिता कुशवाह माध्यमिक विद्यालय नजिकै खेतमा एक किशोरको शव भेटिएको छ । स्थानीय १८ वर्षीय मोहम्मद इमरान अन्सारीको शव बिहीबार बिहान धान खेतमा घोप्टो परेको अवस्थामा शव फेला परेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान...

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

२०८१ कार्तिक २२ गते १५:११

काठमाण्डु, २२ कात्तिक– आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडानको लागी नेपाल एयरलाइन्सले तालिका परिवर्तन गरेको छ । भोलि शुक्रबार अर्थात (कात्तिक २३) गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि विमानस्थल सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरीएको नेपाल एयरलाइन्सले जनाएको छ । भोलिदेखि त्रिभुवन...

बकैया–४ का वडा अध्यक्ष दंगाल पुर्पक्षका लागि कारागार चलान

२०८१ कार्तिक २२ गते १५:०३

काठमाण्डु, २२ कात्तिक– मकवानपुरको बकैया गाउँपालिकाका– ४ का वडा अध्यक्ष राजन दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । वडाध्यक्ष दंगाल सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार चलान भएका हुन । हिजो बुधबार जिल्ला न्यायाधीश सकुन्तला...

डोटीमा बायाँ हात भाँच्चिएर घाइते भएकी बालिकाको उपचारको क्रममा मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

२०८१ कार्तिक २२ गते १४:११

काठमाण्डु, २२ कात्तिक– डोटीको राजपुरस्थित सुजङ अस्पतालमा बायाँ हात भाँच्चिएर घाइते भएकी एक बालिकाको उपचारका क्रममा एक मृत्यु भएको छ । बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । बुधबार राति करिब...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us