करेन्ट लागेर नेपाली सेनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १८:३७ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घर भएका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको मकवानपुर प्रहरले जानकारी दिएको छ ।

भीमफेदी–८, दोभानमा फास्टट्र्याक (द्रुतमार्ग)को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिएका छन ।

उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us