मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २२ गते १८:१८ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– रूपन्देहीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका-४ बालापुरस्थित सडकमा परासीबाट भैरहवातर्फ जाँदै गरेको ना.२५ प ५६२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us