समाचार

पैसा बुझाएर मन्त्रीसँगै जापान गएका थिए तीन युवा

२०८१ कार्तिक २३ गते ९:१२

काठमाण्डु, २३ कात्तिक– मानव तस्करीमा मुछिएपछि पदबाट राजीनामा दिएका कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिएका एमाले नेता लीलाबल्लभ अधिकारीसँग जापान गएका तीन युवाले १० देखि १३ लाख रुपैयाँ बुझाएको खुलासा भएको छ । मन्त्री अधिकारीसिँगै जापान गएका खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ का दावा...

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

२०८१ कार्तिक २३ गते ८:५७

खोटाङ, २३ कात्तिक- सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर...

बिर्तामोडमा आगलागी

२०८१ कार्तिक २३ गते ८:५५

झापा, २३ कात्तिक– बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । आगलागीबाट भान्सा पूर्ण रूपमा...

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

२०८१ कार्तिक २३ गते ८:५३

झापा, २३ कात्तिक– झापाको गौरीगञ्जमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रोशन मगरको उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक श्याम राजवंशी घाइत छन् । उनको उपचार भइरहेको झापा प्हरी प्रमुख एसपी मिलन...

ओली सरकारका मन्त्री कालो सूचीमा !

२०८१ कार्तिक २३ गते ८:४८

काठमाण्डु, २३ कात्तिक– ऊर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कालोसूचीमा परेको छ । सम्झौताअनुसार काम नगरेका कारण उनको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालो सूचीमा परेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालययले शुक्रबार एक सूचना जारी गर्दै कान्छाराम र उक्त कम्पनीसँग...

उद्धार पर्खंदा पर्खंदै लाङ्टाङ हिमालको खोचमा बिते पर्यटक

२०८१ कार्तिक २३ गते ८:३८

रसुवा, २३ कात्तिक– रसुवाको लाङ्टाङ हिमालमा खोचमा फसेका एक विदेशी पर्यटकले उद्धार अभावमा ज्यान गुमाएका छन् । दुई सातादेखि खोचमा फसेका स्लोभाकियाका नागरिक ३४ वर्षीय अन्ड्रेज हुसुर्का मृत भेटिएका हुन् । खराब मौसमका कारण समयमै हवाई उद्धार हुन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

२०८१ कार्तिक २३ गते ८:२९

काठमाण्डु, २३ कात्तिक– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) बिहीबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई...

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

२०८१ कार्तिक २३ गते ८:२६

तनहुँ, २३ कात्तिक– तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको तनहुँ प्रहरीका...

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

२०८१ कार्तिक २३ गते ७:०४

काठमाण्डु, २३ कात्तिक- उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुले इतिहास वर्णित सरोवर...

नारायणगढ-मुग्लिन सडकमा बस र माइक्रोबस ठोक्किए, ४ जनाको मृत्यु

२०८१ कार्तिक २३ गते ६:५५

चितवन, २३ कात्तिक- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन...

दोलखाको ओराङ केन्द्रबिन्दु भएर भूकम्प

२०८१ कार्तिक २३ गते ६:४६

दोलखा, २३ कात्तिक- दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहीबार रीति भूकम्प गएको जनाएको हो । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प भएको जानकारी दिए । २०७२ वैशाख १२...

मानव तस्करीमा संलग्न मन्त्रीमाथि कारबाही होस्ःमाओवादी

२०८१ कार्तिक २२ गते २१:१७

विराटनगर, २२ कात्तिक- माओवादी केन्द्रले मानव तस्करीमा मुछिएपछि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्रीबाट राजीनामा दिनका लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ ।माओवादी कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त प्रकरणका कारण प्रदेशबासीको शीर निहुरिएको बताएकी छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us