नारायणगढ-मुग्लिन सडकमा बस र माइक्रोबस ठोक्किए, ४ जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ६:५५ मा प्रकाशित

चितवन, २३ कात्तिक- नारायणगढ-मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा बस र माइक्रोबस ठोक्किँदा ४ जनाको मृत्यु भएको छ ।

मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको बस ठोक्किएको चितवन प्रहरीका प्रवक्ता डीएसपी भेषराज रिजालले जानकारी दिए ।

उनका अनुसार गोरखाको आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४० वर्षका राजबहादुर गुरुङको मात्र सनाखत भएको छ । दुर्घटनामा अरु ६ जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

मृतक र घाइते सबै माइक्रो बसका यात्रु रहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us