दोलखाको ओराङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ६:४६ मा प्रकाशित

दोलखा, २३ कात्तिक- दोलखाको ओराङ आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टरको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहीबार रीति भूकम्प गएको जनाएको हो ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले गोरखा भूकम्पको परकम्प भएको जानकारी दिए ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

त्यसयता पटकपटक भूकम्पको परकम्प गइरहेको केन्द्रले जनाएको छ । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us