रसुवा, २३ कात्तिक– रसुवाको लाङ्टाङ हिमालमा खोचमा फसेका एक विदेशी पर्यटकले उद्धार अभावमा ज्यान गुमाएका छन् ।
दुई सातादेखि खोचमा फसेका स्लोभाकियाका नागरिक ३४ वर्षीय अन्ड्रेज हुसुर्का मृत भेटिएका हुन् । खराब मौसमका कारण समयमै हवाई
उद्धार हुन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सरुवा प्रहरी प्रमुख डीएसपी केशव भट्टाईले तेस्रोपटकको हवाई उद्धारका क्रममा शव फेला परेको बताए ।
डीएसपी भट्टराईका अनुसार समुद्र सतहबाट १ हजार ७ सय मिटरको उचाइमा रहेको लिरूङ हिमाल क्षेत्रको करिब ३० मिटरको गहिरो खोचमा फसेका हुसुर्कालाई वरिष्ठ क्याप्टेन विवेक खड्काको उद्धार समूहले शव फेला पारेको जानकारी दिए ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाण्डु ल्याइएको छ ।
उनीसँगै हिउँमा फसेका चेकरिपब्लिकका मारेक होलेसेक गत साता सम्पर्कमा आएका थिए ।