ओली सरकारका मन्त्री कालो सूचीमा !

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ८:४८ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– ऊर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को निर्माण कम्पनी कालोसूचीमा परेको छ ।
सम्झौताअनुसार काम नगरेका कारण उनको कम्पनी कान्छाराम कन्स्ट्रक्सन कालो सूचीमा परेको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालययले शुक्रबार एक सूचना जारी गर्दै कान्छाराम र उक्त कम्पनीसँग जेभीमा काम गरेको एनबी कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको जनाएको छ ।

कान्छाराम रामेछापबाट निर्वाचित काँग्रेस सांसद् हुन् । निर्माणको ठेक्का लिएर समयमा काम नगरेका कारण विभिन्न निकायहरूको सिफारिसमा ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनी र आपूर्तिकर्ता एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा परेको जनाएको छ ।

कालो सूचीमा समावेश गरिएका कम्पनीले उक्त अवधिभर कुनै पनि खरिदमा सहभागी हुन नपाउने कार्यालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us