बन्चरो प्रहार गरी श्रीमतीको हत्या

काठमाण्डु टुडे २०८१ कार्तिक २३ गते ८:२६ मा प्रकाशित

तनहुँ, २३ कात्तिक– तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् ।

श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् ।

बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको तनहुँ प्रहरीका डीएसपी अशोक थापाले जानकारी दिए ।

ओमनारायणलाई प्रहरीले नियन्त्रणमा लिएको छ । डीएसपी थापाका अनुसार घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । घरायसी झगडाका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us