जिबी राई अध्यक्ष रहेको सहकारीकी लेखा सदस्य पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक २१ गते १८:१२ मा प्रकाशित

काठमाण्डु, २१ कात्तिक- काठमाण्डुको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न एकजना पक्राउ परेकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले ठगी आरोपमा सुनिता नेवालाई पक्राउ गरेको हो ।

परिसरका एसपी नवराज अधिकारीले पक्राउ परेकी नेवा सहकारीकी लेखा समिति सदस्य हुन् ।

परिसरमा उक्त सहकारीको रकम अपचलन गरेको आरोपमा ६४५ बचतकर्ताले जाहेरी दिएका छन् । उक्त सहकारीको अध्यक्ष जिबी राई थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us