समाचार

काँग्रेस महामन्त्री शर्मा र काँग्रेसकै ऊर्जा राज्यमन्त्रीबीच भनाभन

२०८१ कार्तिक ३० गते १८:४६

काठमाण्डु, ३० कात्तिक– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ –कान्छाराम) बीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भनाभन भएको छ । सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा कांग्रेस सांसदसमेत रहेका शर्मा र काँग्रेसबाटै राज्यमन्त्री बनेका तामाङबीच विवाद भएको...

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च सीमा

२०८१ कार्तिक ३० गते १८:२२

काठमाण्डु, ३० कात्तिक– निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख तथा वडाध्यक्षले उपनिर्वाचनमा प्रचार–प्रसार लगायतमा गर्न पाउने खर्चको सीमा तोकेको हो...

अनलाइनमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री प्रसारण गर्ने अमन पक्राउ

२०८१ कार्तिक ३० गते १८:१०

काठमाण्डु, ३० कात्तिक– अनलाइनमा बालयौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिमको प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिम प्रहरीको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरी बिहीबार काठमाण्डु ल्याइएको साइबर...

राष्ट्रिय स्वतन्त्र पार्टीका ७ कार्यकर्ता पक्राउ

२०८१ कार्तिक ३० गते १७:०९

पोखरा, ३० कात्तिक-प्रहरीले पोखराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ७ कार्यकर्तालाई पक्राउ गरेको छ । सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की प्रहरीको हिरासतमा लैजाँदै गर्दा नाराबाजीमा उत्रिएका उनीहरु पक्राउ परेका हुन् । कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले निषेधित क्षेत्र प्रवेश गरेका कारण उनीहरुलाई पक्राउ गरिएको...

सरकारको नेतृत्व गरेको एमाले नै सडकमा उत्रने तयारीमा

२०८१ कार्तिक ३० गते १५:४९

काठमाण्डू, ३० कात्तिक-सरकारको नेतृत्व गरेको एमालेले आगामी ७ मंसिरमा काठमाण्डूमा जागरणसभा गर्ने भएको छ । काठमाण्डू उपत्यकाका तीन जिल्ला, चार वटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनले कार्यकर्ता उतार्ने तयारी गरेका छन् । सरकार र पार्टीको पक्षमा १ लाख मास उतार्ने तयारी एमालेले गरेको...

सुमन सायमी पक्राउ

२०८१ कार्तिक ३० गते १५:२९

काठमाण्डू, ३० कात्तिक- प्रहरीले सुमन सायमीलाई काठमाण्डूको गौशाला क्षेत्रबाट पक्राउ गरेको छ । महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर लगाएको विरोधमा उत्रिएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चक्रपथ विस्तारका क्रममा जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा शुक्रबार डोजर चलाएको थियो ।...

कर्जन्हा नगरपालिकाका पूर्वमेयरसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

२०८१ कार्तिक ३० गते १५:१७

काठमाण्डू, ३० कात्तिक- सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले न्यायाधीशहरु खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्तले पासवानसहितलाई दोषी ठहर गरेको बताए । विशेष अदालतले पूर्वमेयर पासवान,...

हजार दरका नक्कली नोटसहित ४ पक्राउ

२०८१ कार्तिक ३० गते १५:१०

तुलसीपुर, ३० कात्तिक- नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट प्रहरीले शुक्रबार  ४ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा  तुलसीपुर उपमहानगरपालिका-१० राइसल्यानका  ३० वर्षीय राममनि चौधरी, तुलसीपुर-९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री, शान्तिनगर गाउँपालिका-४ घर भई तुलसीपुर-९ बेलुवा बस्ने...

बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु

२०८१ कार्तिक ३० गते १५:०२

सुर्खेत, ३० कात्तिक- सुर्खेतमा स्कुल बसको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगरस्थित सनसाईन एकेडेमीको प्र०२-००१ क ००६८ नम्बरको स्कुल बसले शुक्रबार बिहान ठक्कदर दिँदा वीरेन्द्रनगर-१ की ६ वर्षीया समिक्षा सुनारको मृत्यु भएको हो । सुर्खेत प्रहरीका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले बसको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको...

प्रधानमन्त्रीबाट हटेर जनतामा जाँदा रिल्याक्स भएको छः प्रचण्ड

२०८१ कार्तिक ३० गते १४:२२

काठमाण्डु, ३० कात्तिक– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री छाड्नुपरेकामा आफूलाई कुनै चिन्ता नभएको बताएका छन् । पार्टीनिकट नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्वकेन्द्रीय संयोजक अखिलेश्वर लाल दासको दोस्रो स्मृति दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू ‘रिल्याक्स’ मुडमा रहेको बताए...

रवि लामिछाने निर्दोष भए अदालतले छाड्छः महत

२०८१ कार्तिक ३० गते १४:१६

रुकुमपश्चिम, ३० कात्तिक– कांग्रेस प्रवक्ता प्रकाशशरण महतले आफ्ना उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न रहेको पुष्टि भए बचाउ नगर्ने बताएका छन् । पार्टी निकट पत्रकारको संस्था प्रेस युनियन रुकुम पश्चिमले शुक्रबार खलंगामा गरेको पत्रकार सम्मेलनमा महतले पार्टीको जुनसुकै तहको नेता भए पनि प्रश्न उठे...

रवि लामिछानेलाई बुटवलबाट पोखरा लगियो

२०८१ कार्तिक ३० गते १४:०३

बुटवल, ३० कात्तिक– सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की लगिएको छ । गत ३ कात्तिकदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटर्वकमा अपचलन भएको विषयमा बयान लिन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us