काठमाण्डू, ३० कात्तिक- सिराहाको कर्जन्हा नगरपालिकाका पूर्वमेयर गंगा पासवानसहित ५ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले न्यायाधीशहरु खुसीप्रसाद थारू, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्तले पासवानसहितलाई दोषी ठहर गरेको बताए ।
विशेष अदालतले पूर्वमेयर पासवान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डल, निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिमान दनुवार, लेखापाल प्रवीणकुमार महतो र निर्माण कम्पनीका प्रतिनिधि बैजनाथ यादवलाई दोषी ठहर गरेको हो ।
नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० चैतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो ।