समाचार

काठमाण्डूबाट रुकुम पश्चिम आउँदै गरेको बस दुर्घटना

२०८१ मंसिर १ गते १६:०५

रूकुम पश्चिम, १ मंसिर-  रूकुम पश्चिममा बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार दिउँसो काठमाण्डूबाट राडी आउँदै गरेको प्र.०१००५ ख ९९६६ नम्बरको बस आठबिसकोट नगरपालिका-११ रिठास्थित भेरि करिडोरमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका अनुसार बस सडकबाट करिब...

कार्यालय सहयोगीको भरमा भन्सार कार्यालय

२०८१ मंसिर १ गते १४:३८

संखुवासभा, १ मंसिर-  किमाथाङ्का भन्सार कार्यालयमा कर्मचारी नै छैनन् । नौ जनाको दरबन्दी रहेको भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी मात्र  छन् । भन्सार कार्यालयमा कर्मचारीविहीन हुँदा भोट खोलावासीले सास्ती पाएका छन् । किमाथाङ्का भन्सार कार्यालय गत कात्तिक ७ गतेदेखि एक जना कार्यालय सहयोगीको...

भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८१ मंसिर १ गते १०:४५

भक्तपुर, १ मंसिर- भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ४५ वर्षीय गोविन्द सुवाल छन् । दुर्घटनामा गम्भीर घाइते सुवालको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो । चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर...

बाली लगाउने बेला सधैं बीउकै चिन्ता

२०८१ मंसिर १ गते ९:२८

महोत्तरी, १ मंसिर– जब नयाँ बाली लगाउने बेला भयो, महोत्तरीका किसानलाई बीउको चिन्ता हुन्छ । मौसम र बेलाअनुसार अहिले गहुँ छर्ने तयारी गर्ने बेलामा बीउ के गर्ने भन्ने चिन्ताले यहाँका किसान पिरोलिँदैछन् । ‘बेलामा बीउ पाइने ढुक्कका दिन जिन्दगीमा कहिल्यै आएनन्’, बर्दिबास–९ पशुपतिनगर बनरझुल्लाका...

सरकारले बढायो डिजल र मट्टीतेलको मूल्य

२०८१ मंसिर १ गते ९:१३

काठमाण्डु, १ मंसिर– सरकारले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । शनिबार मध्यरातिबाट नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज,...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८१ मंसिर १ गते ९:०१

काठमाण्डु, १ मंसिर– कालीगण्डकी कोरिडोरअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटारमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । बुलिङटार गाउँपालिका–२ भाङबारीमा गए राति मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तनहुँको देवघाट गाउँपालिका–२ नरमका २१ वर्षीय विकाश थापाको उपचारका क्रममा आज बिहान मृत्यु भएको...

भारतले भन्योः नेपालको बिजुली बंगलादेश निर्यात हुनुमा प्रचण्डको भूमिका छ

२०८१ कार्तिक ३० गते २१:०५

काठमाण्डू, ३० कात्तिक-भारत सरकारले नेपालको बिजुली बंगलादेश निर्यातको जस पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । भारतीय विदेश मन्त्रालयले  शुक्रबार एक विज्ञप्ति जारी गरी नेपालको बिजुली बंगलादेश पुग्नुमा वर्तमान प्रधानमन्त्री केपी ओलीलाई नदिई पूर्वप्रधानमन्त्री प्रचण्डलाई दिएको हो । तत्कालीन प्रधानमन्त्री प्रचण्डले २०२३ को ३१...

जनता काँग्रेस–एमालेसँग असन्तुष्ट छैनन्, दुई पार्टीसँगै भरोसा गरेका छन्ः शंकर पोखरेल

२०८१ कार्तिक ३० गते १९:३४

काठमाण्डु, ३० कात्तिक– एमाले महासचिव शंकर पोखरेलले जनताको विश्वास र भरोसा कांग्रेस–एमालेप्रति नै रहेको दाबी गरेका छन् । शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार भेटघटमा पोखरेलले प्रमुख पार्टीसँग जनता असन्तुष्ट रहेको भन्नु भ्रम मात्र भएको दाबी गरे । प्रमुख दलहरूप्रति जनतामा असन्तुष्टि रहेको भन्ने...

दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्छ:राउत

२०८१ कार्तिक ३० गते १८:५०

काठमाण्डु, ३० कात्तिक– जनमत पार्टीका अध्यक्ष सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् । उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट...

काँग्रेस महामन्त्री शर्मा र काँग्रेसकै ऊर्जा राज्यमन्त्रीबीच भनाभन

२०८१ कार्तिक ३० गते १८:४६

काठमाण्डु, ३० कात्तिक– काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ –कान्छाराम) बीच प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा भनाभन भएको छ । सिहदरबारमा शुक्रबार बसेको समिति बैठकमा कांग्रेस सांसदसमेत रहेका शर्मा र काँग्रेसबाटै राज्यमन्त्री बनेका तामाङबीच विवाद भएको...

निर्वाचन आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च सीमा

२०८१ कार्तिक ३० गते १८:२२

काठमाण्डु, ३० कात्तिक– निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका र जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख तथा वडाध्यक्षले उपनिर्वाचनमा प्रचार–प्रसार लगायतमा गर्न पाउने खर्चको सीमा तोकेको हो...

अनलाइनमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री प्रसारण गर्ने अमन पक्राउ

२०८१ कार्तिक ३० गते १८:१०

काठमाण्डु, ३० कात्तिक– अनलाइनमा बालयौन दुर्व्यवहारसम्बन्धी सामग्री प्रसारण गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिमको प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिम प्रहरीको सहयोगमा उनलाई नवलपरासीबाट पक्राउ गरी बिहीबार काठमाण्डु ल्याइएको साइबर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us