काठमाण्डु, २ मंसिर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मनोमानी हवाई भाडा लिएर यात्रु ठग्ने वायु सेवा कम्पनीमाथि कारबाही हुने चेतावनी दिएका छन् । उपभोक्ताहरुको अधिकार हनन् हुनेगरी बढी भाडा लिने कम्पनीहरुलाई कारबाही गर्ने मन्त्री पाण्डको भनाइ छ । गत शुक्रबारदेखि दैनिक १०...
झापा, २ मंसिर– हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ । हात्तीले आइतबार बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो । जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि...
काठमाण्डु, २ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काँग्रेस र एमालेले आफ्नो पार्टीका उम्मेदवार अपहरण गरेको आरोप लगाएको छ । कार्यबाहक प्रवक्ता मनिष झाले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष उम्मेदवार सुजाता फडेरा थापालाई अपहरण गरिएको आरोप लगाए । उनका अनुसार थापालाई बन्धक बनाएर मनोनयन दर्ता...
काठमाण्डु, २ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन आयोजना गरेको छ । वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न २३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । झाले विभिन्न राजनीतिक र समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागिएको...
धनगढी, २ मंसिर- आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ । देशभरका विभिन्न ४४ रिक्त पदका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ । यसपालि सुदूरपश्चिममा रिक्त पाँच पदका लागि...
पाल्पा, २ मंसिर- पाल्पाको रामपुर नगरपालिका-३ मा एक महिला मृत फेला परेकी छन् । स्थानीय ६५ वर्षीया सुकमाया गिरी सारुको हत्या भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । शनिबार साँझ सडकको नालीमा अचेत अवस्थामा भेटिएकी गिरीलाई रामपुर अस्पताल लगिएको थियो ।...
झापा, २ मंसिर- झापामा एक व्यक्तिको हत्या भएको छ । बाह्रदशी गाउँपालिका-५ फुलबरीका ४५ वर्षीय गंगालाल माझीको शनिबार राति हत्या भएको हो । हत्या आरोपमा मृतकका छिमेकी २६ वर्षीय मानकुमार राजवंशी पक्राउ परेका छन् । झापा प्रहरीका एसपी मिलन केसीले शनिबार राति करिब साढे...
काठमाण्डु, २ मंसिर– आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी...
काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री केपी ओली र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई सर्वोच्च अदालतले सफाई दिएको छ । गौरा पर्वका अवसरमा काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवा सहभागी थिए । उक्त कार्यक्रममा दुई नेताविरुद्ध युवाहरुले नाराबाजी गरेका...
गोरखा, २ मंसिर–गोरखाको बारपाक सुलिकोट गाउँपालिका–४ स्थित खारुङगाउँ विसं २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले तहसनहस बन्यो । गाउँका सबैजसो घर क्षतिग्रस्त भए। भूकम्पले थिलोथिलो बनाएको आफ्नो थातथलोमा खारुङवासी फेरि जसोतसो घर मर्मत र पुनःनिर्माण गरेर बसे तर भूकम्पको पीडा भुल्न नपाउँदै सोही असारमा...
काठमाण्डु, २ मंसिर– बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको पुनः निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प छ । बाइसे/चौबीसे राज्यका पालाको लमजुङ दरबार पुनःनिर्माणले गति लिन नसक्दा लमजुङवासी...
काठमाण्डु, २ मंसिर– आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगकी सहायक प्रवक्ता नीता पोखरेल अर्यालले मनोनयनको सम्पूर्ण तयारी पूरा भएको बताइन् । उनका अनुसार बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन...