पाल्पा, २ मंसिर- पाल्पाको रामपुर नगरपालिका-३ मा एक महिला मृत फेला परेकी छन् ।
स्थानीय ६५ वर्षीया सुकमाया गिरी सारुको हत्या भएको पाल्पा प्रहरीका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए ।
शनिबार साँझ सडकको नालीमा अचेत अवस्थामा भेटिएकी गिरीलाई रामपुर अस्पताल लगिएको थियो ।
चिकित्सकले उनलाई तत्काल मृत घोषणा गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।