राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा पत्रकार सम्मेलन आयोजना

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ९:५८ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन आयोजना गरेको छ ।

वनस्थलीस्थित केन्द्रीय कार्यालयमा अपराह्न २३ बजे पत्रकार सम्मेलन आयोजना गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

झाले विभिन्न राजनीतिक र समसामयिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्न लागिएको बताए ।

सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध आरोपमा सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा रास्वपाले आन्दोलन गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us