झापामा हात्ती आक्रमणमा एकको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर २ गते १०:२० मा प्रकाशित

झापा, २ मंसिर– हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको छ ।

हात्तीले आइतबार बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु भएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख मेघराज राईका अनुसार छिमेकी सुविन भट्टराईको घर हात्तीले भत्काउन थालेपछि त्यसलाई धपाउन खोज्दा भण्डारी आक्रमणमा परेका हुन् ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us