धनगढी, २ मंसिर- आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
देशभरका विभिन्न ४४ रिक्त पदका लागि आइतबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।
यसपालि सुदूरपश्चिममा रिक्त पाँच पदका लागि उपनिर्वाचन हुँदैछ ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि उपचुनाव हुदैछ । यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि चुनाव हुँदैछ ।
यसअघिको निर्वाचनमा विजय भएका जनप्रतिनिधिको कार्यकाल पुरा नहुँदै निधन भएपछि रिक्त स्थानमा निर्वाचन आयोगले उपनिर्वाचन गराउन लागेको हो ।