ओली र देउवाको आलोचना गर्दा मुद्धा लागेका युवालाई अदालतको सफाई

काठमाण्डु टुडे २०८१ मंसिर २ गते ८:१४ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– प्रधानमन्त्री केपी ओली र सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गरेको आरोपमा पक्राउ परेका युवाहरुलाई सर्वोच्च अदालतले सफाई दिएको छ ।

गौरा पर्वका अवसरमा काठमाण्डुको टुँडिखेलमा आयोजित कार्यक्रममा ओली र देउवा सहभागी थिए । उक्त कार्यक्रममा दुई नेताविरुद्ध युवाहरुले नाराबाजी गरेका थिए ।

प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकको ठाडो निर्देशनमा घटनाको भोलिपल्ट प्रहरीले सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरी उनीहरूविरुद्ध शान्तिविरुद्धको कसुरमा मुद्दा अघि बढाएको थियो ।

नेताहरुको आलोचना गरेकै आधारमा युवाहरुलाई राज्य शक्तिको दुरुपयोग गरी पक्राउ गरिनु र मुद्धा चलाइनु मानव अधिकार र लोकतन्त्रविरोध हर्कत भन्दै सर्वत्र विरोध हुँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us