
झापा, २ मंसिर- झापामा एक व्यक्तिको हत्या भएको छ ।
बाह्रदशी गाउँपालिका-५ फुलबरीका ४५ वर्षीय गंगालाल माझीको शनिबार राति हत्या भएको हो ।
हत्या आरोपमा मृतकका छिमेकी २६ वर्षीय मानकुमार राजवंशी पक्राउ परेका छन् ।
झापा प्रहरीका एसपी मिलन केसीले शनिबार राति करिब साढे ९ बजेतिर रड प्रहार गरी राजवंशीले माझीको हत्या गरेको बताए ।
पुरानो रिसइबीका कारण राजवंशीले माझीको हत्या गरेको प्रहरीको भनाइ छ ।