भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १०:४५ मा प्रकाशित

भक्तपुर, १ मंसिर- भक्तपुरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका-५ पिखेलका ४५ वर्षीय गोविन्द सुवाल छन् । दुर्घटनामा गम्भीर घाइते सुवालको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

चाँगुनारायणबाट डेकोचातर्फ जाँदै गरेको ना२त ९३४० नम्बरको ट्याक्टर मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार भक्तपुर नगरपालिका-२ व्यासीका ४८ वर्षीय गणेश सुवाल घाइते भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us