काठमाण्डू, ३० कात्तिक-सरकारको नेतृत्व गरेको एमालेले आगामी ७ मंसिरमा काठमाण्डूमा जागरणसभा गर्ने भएको छ ।
काठमाण्डू उपत्यकाका तीन जिल्ला, चार वटा विशेष जिल्ला कमिटी र २३ वटा जनसंगठनले कार्यकर्ता उतार्ने तयारी गरेका छन् ।
सरकार र पार्टीको पक्षमा १ लाख मास उतार्ने तयारी एमालेले गरेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीको गौरवशाली इतिहास, सक्षम नेतृत्व, क्रान्तिकारी विचारबारे बुझाउन जागरणसभा आयोजना गर्न लागिएको बताए ।
यस्तै केपी ओली नेतृत्वको सरकारले गरेका कामबारे समेत जानकारी गराउन सभा गरिएको उनको भनाइ छ ।
सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन पनि जागरणको जरूरत रहेको एमालेले जनाएको छ ।