हजार दरका नक्कली नोटसहित ४ पक्राउ

काठमाण्डु टुडे २०८१ कार्तिक ३० गते १५:१० मा प्रकाशित

तुलसीपुर, ३० कात्तिक- नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित तुल्सीपुर उपमहानगरपालिका-९ बेलुवाबाट प्रहरीले शुक्रबार  ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा  तुलसीपुर उपमहानगरपालिका-१० राइसल्यानका  ३० वर्षीय राममनि चौधरी, तुलसीपुर-९ दोघरेका १९ वर्षीय धनबहादुर खत्री, शान्तिनगर गाउँपालिका-४ घर भई तुलसीपुर-९ बेलुवा बस्ने १७ वर्षीय किशोर र  तुलसीपुर-८ का १७ वर्षीय किशोर छन् ।

बालक भएकाले दुई किशोरको परिचय खुलाइएको छैन ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us