समाचार

चिसोले सोलुखुम्बुमा पाइपमै जम्न थाल्यो पानी

२०८१ पुष १४ गते १३:५०

काठमाण्डु, १४ पुस– पछिल्लो समययता अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जानकारी दिएको छ ।...

राष्ट्रपतिद्धारा सहकारी सम्बन्धी अध्यादेश जारी

२०८१ पुष १४ गते १३:४२

काठमाण्डु, १४ पुस– राष्ट्रपति रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, अध्यादेश आइतबार जारी गरेका हुन् । अध्यादेशले सहकारी संस्थाहरुको...

माओवादीले बोलायो पदाधिकारी बैठक

२०८१ पुष १४ गते १३:३८

काठमाण्डु, १४ पुस– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी बैठक आज (आईतबार) दिउँसो ३ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जनकारी दिएका छन । स्थायी समिति, केन्द्रीय समिति बैठक तयारी सम्बन्धमा अनौपचारिक...

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि…

२०८१ पुष १४ गते १३:३२

काठमाण्डु, १४ पुस– आइबतार भक्तपुरको साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण गरीएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिएका छन । उक्त विमानमा ६ जना यात्रु रहेको उनले जानकारी दिएका छन । चरा ठोक्किएर...

काठमाण्डुको सेतोपुलमा १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

२०८१ पुष १४ गते १३:२८

काठमाण्डु, १४ पुस– काठमाण्डुको सेतोपुलमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भई हाल...

प्रधानमन्त्री ओलीको कार्यक्रममा सहभागी गराउन बाँडियो २–२ लिटर पेट्रोल

२०८१ पुष १४ गते १३:२२

काठमाण्डु, १४ पुस– नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली आज आइतबार पर्सा आउँदै छन् । एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेको पर्सा एमालेले जनाएको छ । आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री...

कवितामार्फत घनश्यामलाई विष्णुको जवाफः ‘ह्याउ भए आफ्नै पार्टी बनाएर देखाउनु’

२०८१ पुष १४ गते १३:०९

काठमाण्डु, १४ पुस– एमाले उपमहाचिव समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललाई कवितामार्फत जवाफ पर्काएका छन । एमाले उपमहासचिव रिमालले महासचिव भुसाललाई आज आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत जवाफ फर्काएका हुन । रिमालले भुसाललाई लक्ष्ति गर्दै ‘ह्याउ...

प्रतिनिधिसभाको सचिवमा झापाका राई सिफारिस

२०८१ पुष १४ गते १२:४४

काठमाण्डु, १४ पुस– प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएका छन । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम राईलाई सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा...

अराजकता मच्चाउनेविरुद्ध प्रदेश सरकार कठोर निर्णय लिन्छः मुख्यमन्त्री कार्की

२०८१ पुष १३ गते १८:२३

काठमाण्डु, १३ पुस– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै किसिमका अराजकताका विरुद्ध सरकार कठोर भएर अघि बढ्ने बताएका छन । मुख्यमन्त्री कार्कीले अराजकता र राजनीतिक अस्थिरतालाई उपयोग गरे नेपाली जनताको विकास र समृद्धिको चाहनामा अवरोध पुर्याउने नयाँ, पुराना जुनसुकै पार्टीका नेता, कार्यकर्तालाई कानुनी...

माओवादी पार्टी एक नम्बर बने मात्रै देशबाट भ्रष्टाचार अन्त्य हुन्छः अध्यक्ष प्रचण्ड

२०८१ पुष १३ गते १७:५४

काठमाण्डु, १३ पुस– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी एक नम्बर पार्टी भए मात्रै देशबाट भ्रष्टाचारको अन्त्य हुने दाबी गरेका छन । आज (शनिबार) कञ्चनपुरको पुनर्वासमा आयोजित खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो...

म्यासेडोनिया पठाइदिन्छु भनी रकम ठगेको आरोपमा एकजना पक्राउ

२०८१ पुष १३ गते १७:४८

काठमाण्डु, १३ पुस– प्रहरीले आकर्षक तलबमा वैदेशिक रोजगारमा म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको केपीलासगढी गाउँपालिका–७ घर भई हाल काठमाण्डुको चण्डोलमा बस्ने २८ वर्षीय चिना कोयी राई रहेको प्रहरीले जानकारी दिएको छ । उनलाई काठमाण्डु...

८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाण्डुको चन्द्रागिरिबाट एक युवक पक्राउ

२०८१ पुष १३ गते १७:४१

काठमाण्डु, १३ पुस– प्रहरीले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाण्डुको चन्द्रागिरिबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाण्डु चन्द्रागिरि नगरपालिका–१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्ता रहेको प्रहरीले जानकारी दिएको छ ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us