उचित मूल्य नपाएको भन्दै गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन

काठमाण्डु टुडे २०८३ असार ३१ गते १२:५८ मा प्रकाशित

काठमाण्डू, ३१ असार– उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन ।

आज (बुधबार) बिहान माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका छन । उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन गरेको किसान बम तामाङले जानकारी दिए ।

प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेँडा ल्याएर माइतिघरमा किसानहरु भेला भएको उनले जानकारी दिए । उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us