८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाण्डुको चन्द्रागिरिबाट एक युवक पक्राउ

काठमाण्डु टुडे २०८१ पुष १३ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १३ पुस– प्रहरीले ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाण्डुको चन्द्रागिरिबाट एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतिहारी दरपाथाना घर भई हाल काठमाण्डु चन्द्रागिरि नगरपालिका–१२ वज्वलेक मेडिसिन प्रालिमा काम गर्ने २६ वर्षीय राजु श्रीवास्ता रहेको प्रहरीले जानकारी दिएको छ ।

बालिकालाई जबरजस्ती करणी गरेको उजुरीका आरधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us