प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने

काठमाण्डु टुडे २०८३ असार ३१ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, ३१ असार– प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । आजको बैठक सुरु भइसकेको छ ।

त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको बताइएको छ । ‘साउन १४ गते अर्को बैठक राख्ने गरी छलफल भएको छ ।

यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहनेछ,’ कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले भने । बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्नेल समय तोक्ने गर्दछन् । आजको प्रतिनिधिसभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us