रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाण्डू रिफर

काठमाण्डु टुडे २०८३ असार ३१ गते १३:२२ मा प्रकाशित

काठमाण्डू, ३१ असार– रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन् । गरुडा नगरपालिका वडा नं. ९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घटनापछि उनलाई तत्काल उनलाई गरुडामा रहेको एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नायब उपरिक्षक बसन्त गौतमका अनुसार घाइतेको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।

घाइते सहनीलाई थप उपचारका लागि काठमाण्डू कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको नायब उपरीक्षक गौतमले जानकारी दिए । घटनाको कारण खुलेको छैन । थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us