समाचार

प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छः सञ्चारमन्त्री गुरुङ

२०८१ पुष १३ गते १४:४२

काठमाण्डु, १३ पुस– सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन हुने बताएका छन । आज शनिबार माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गर्दै सञ्चमारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले प्रमुख...

ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवको अवसरमा ३५ जना छात्रालाई छात्रवृत्ति प्रदान

२०८१ पुष १३ गते १४:३३

काठमाण्डु, १३ पुस– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ग्लोबल आइएमई छात्रालाई छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंक पौष १८ गते (विहिबार) देखी आफ्नो स्थापनाको १८ औं वर्ष पुरा गरी १९ औं वर्षमा प्रवेश गर्दैछ ।...

अण्डाको मूल्य बढ्यो

२०८१ पुष १३ गते १३:३०

काठमाण्डु,१३ पुस– कुखुराको अण्डाको मूल्य वृद्धि भएको छ । हिजो शुक्रबार नेपाल लेयर्स कुखुरापालक संघको भर्चुअल माध्यमबाट बसेको बैठकले चितवनलाई आधार मानी आज शनिबारदेखि अण्डाको नयाँ मूल्य लागू गरेको हो । शनिबारबाट मध्यम अण्डाको मूल्य पाँच सय रुपैयाँ प्रतिक्रेट पर्नेछ । यस्तै ठूलो अण्डाको...

दीक्षित हुनुअघिको खुसी

२०८१ पुष १३ गते १३:२१

काठमाण्डु,१३ पुस– आज शनिबार त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् । रङ्गशालामा सोही सङ्ख्यामा अभिभावकको समेत सहभागी भएका छन । समारोहमा विसं २०८० असारदेखि...

कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता

२०८१ पुष १३ गते १३:१५

काठमाण्डु,१३ पुस– कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन । कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नं-४ को जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजरसहित सहचालक नदीमा बेपत्ता भएका थिए । पचालझरना गाँउपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा...

नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा एकजना पक्राउ

२०८१ पुष १३ गते १३:१०

काठमाण्डु,१३ पुस–प्रहरीले सामाजिक सञ्जालमार्फत् आफूलाई डाक्टर हुँ भन्दै लुटपाट गरेको आरोपमा एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोहत्तरीको जलेश्वर नगरपालिका–२ हरिटोल घर भई हाल ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरीले जानकारी दिएको छ । मण्डलले आफूलाई डा. आलोकका...

सुदूरपश्चिम र कर्णालीमा हिमपात

२०८१ पुष १३ गते १३:०३

काठमाण्डु,१३ पुस– आज शनिबार आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीकोको कारण आंशिक स्थानको मौसम परिर्वतन भएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भईरहेको मौसम विज्ञान पूर्वानुमान महाशाले जानकारी दिएको छ । कोशी,...

कार्यकक्षमै प्रहरी जवानले आफैंमाथि गोली चलाए

२०८१ पुष १३ गते १२:५५

काठमाण्डु,१३ पुस– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन । न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका हुन । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार...

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

२०८१ पुष १३ गते १२:४१

काठमाण्डु,१३ पुस– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ । उनको हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियो । उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२...

भीम रावल आफ्नै कर्मले बाहिरिए: महासचिव पोखरेल

२०८१ पुष १२ गते १७:४१

काठमाण्डु, १२ पुस– एमाले महासचिव शंकर पोखरेलले आफ्नै कर्मका कारण एमालेका पूर्व उपाध्यक्ष समेत रहेका नेता डा.भीम रावल पार्टीबाट बाहिरिएको बताएका छन । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार नवलपुरको गैंडाकोटमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले यस्तो बताएका हुन । उनले पार्टीबाट बाहिरिसकेका रावललाई...

सकियो रविको बयान

२०८१ पुष १२ गते १७:३३

काठमाण्डु, १२ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिएका छन...

धादिङमा माइक्रोबस दुर्घटना, १६ जना घाइते

२०८१ पुष १२ गते १७:२४

काठमाण्डु, १३ पुस– काठमाण्डुबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस धादिङको गल्छी गाउँपालिका–८ गल्छीमोडमा दुर्घटनामा परेको छ । काठमाण्डुबाट चितवनतर्फ जाँदै गरेको बा २ ख २८२९ नम्बरको माइक्रोबस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर १६ जना घाइते भएको पनि प्रहरीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us