काठमाण्डु,१३ पुस– आज शनिबार आज पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीकोको कारण आंशिक स्थानको मौसम परिर्वतन भएको छ । आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपात भईरहेको मौसम विज्ञान पूर्वानुमान महाशाले जानकारी दिएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सरोकारवाला निकालयले सचेत गराएका छन् ।