समाचार

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे नेपाल आउँदै

२०८१ पुष १२ गते १६:३२

काठमाण्डु, १२ पुस– श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघे निजी भ्रमणको सिलसिलामा काठमाण्डु आउने भएका छन । उनी पुस १३ गतेदेखि काठमाण्डु आउने र उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले जानकारी दिएको छ । उनी श्रीमतीसहित नेपाल आउन लागेको सुरक्षा स्रोतले जानकारी दिएको छ । उनको...

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

२०८१ पुष १२ गते १६:२७

काठमाण्डु, १२ पुस–धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाजुराको बडिमालिका नगरपालिका–७ का धर्म खत्री रहेको प्रहरीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१–०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१–२९४१६ नम्बरको मोटरसाइकलले...

उच्च र जिल्ला अदालतका २१ न्यायाधीशको सरुवा

२०८१ पुष १२ गते १६:२१

काठमाण्डु, १२ पुस– आज शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च र जिल्ला अदालतका २१ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबार परिषद्को बैठकले उच्च अदालतका ९ र जिल्ला अदालतका १२ न्यायाधीशको सरुवा गरेको न्याय परिषद् स्रोतले जानकारी दिएको छ ।...

सिंहको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा शोक व्यक्त

२०८१ पुष १२ गते १५:४३

काठमाण्डु, १२ पुस– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गरेकी छन । पूर्व राष्ट्रपति भण्डारीले भनेकी छन, ‘मित्रराष्ट्र भारतका पूर्वप्रधानमन्त्री डा सिंहको निधनको खबरले म अत्यन्त दुःखी भएको छु ।’ उनले नेपाल र भारतको आपसी हितका विषयमा...

तीनकुनेको जग्गा लुटिएको मेरो उमेरभन्दा बढी समय भयो, सरकारले केही गरेनः मेयर बालेन

२०८१ पुष १२ गते १५:१५

काठमाण्डु, १२ पुस– काठमाण्डु महानगरपालिका प्रमुख बालन्द्र शाह बालेनले अहिलेको सरकारले तीनकुनेको जग्गाको मुआब्जाका लागि कुनै प्रक्रिया अघि नबढाएको गुनासो गरेका छन । शुक्रबार आयोजित कोटेश्वर महोत्सवलाई सम्बोधन गर्ने क्रममा मेयर शाहले गुनासो व्यक्त गरो हुन । मेयर बालेनले पचासौं वर्षदेखि यहाँका व्यक्तिको जग्गा...

हवाई फायर गरी गैंडाको खाग तस्कर पक्राउ

२०८१ पुष १२ गते १४:३९

काठमाण्डु, १२ पुस– चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले हवाई फायर गरी गैंडाको खाग तस्कर गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ४० वर्षीय पुरुष रहेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ । उनलाई बिहीबार हेटौडा उपमहानगरपालिका–८ गर्दईबाट पक्राउ गरिएको निकुञ्ज कार्यालयका...

एनपीएल विजेता जनकपुर बोल्ट्सका खेलाडीलाई नगरपरिक्रमा

२०८१ पुष १२ गते १४:२६

काठमाण्डु, १२ पुस– नेपाल प्रिमियर लिग (एनपीएल) विजेता जनकपुर बोल्ट्सका खेलाडीहरूलाई आज शुक्रबार जनकपुरमा भव्यताका साथ नगरपरिक्रमा गराइएको छ । जितको खुसीमा शुक्रबार जनकपुरका नागरिक समाज, खेलप्रेमीहरुले एनपीएलको ट्रफी र खेलाडीलाई गाडीमा राखेर नगरपरिक्रमा गराउन विजयी यात्रा निकालेका हुन् । विजय यात्रा रामजानकी अन्तर्राष्ट्रिय...

मोहन वैद्य अस्पताल भर्ना

२०८१ पुष १२ गते १४:२१

काठमाण्डु, १२ पुस– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालमा भर्ना भएका छन । श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको गरीएको पारीवारीक स्रोतले जानकारी दिएको छ । वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी...

पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गरीएको होः एमाले

२०८१ पुष १२ गते १३:३४

काठमाण्डु, १२ पुस– एमाले महासचिव शंकर पोखरेलले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बीउ रोपेको आरोप लगाएका छन । आज (शुक्रबार) चितवनमा प्रेस चौतारी नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन । महासचिव पोखरेलले अस्थिरतालाई...

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

२०८१ पुष १२ गते १३:२८

काठमाण्डु, १२ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलील भारतीय पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा शोक व्यक्त गरेका छन् । नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरू आफुले सम्झिरहेको प्रधानमन्त्री ओली शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन । प्रधानमन्त्री...

आकर्षक तलबमा म्यासेडोनिया पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२०८१ पुष १२ गते १३:२२

काठमाण्डु, १२ पुस– प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ केपीलासगढी गाउँपालिका–७ घर भई हाल काठमाण्डु महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राई रहेकी छन । उनलाई...

कास्की अदालतमा रविसँग दोस्रो दिनको बयान जारी

२०८१ पुष १२ गते १३:१५

काठमाण्डु, १२ पुस– सहकारी ठगी पक्ररणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सुरु भएको अदालतका सूचना अधिकारी सुरज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us