मोहन वैद्य अस्पताल भर्ना

काठमाण्डु टुडे २०८१ पुष १२ गते १४:२१ मा प्रकाशित

काठमाण्डु, १२ पुस– क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पतालमा भर्ना भएका छन ।

श्वासप्रश्वासमा समस्या भएपछि ७८ वर्षीय वैद्यलाई बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको गरीएको पारीवारीक स्रोतले जानकारी दिएको छ ।

वैद्य बिहीबार माओ दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा स्वास्थ्यमा समस्या भएपछि उनलाई अस्पताल लगिएको थियो ।

चिकित्सकहरूले भर्ना गरेरै उपचार गर्नुपर्ने भनेपछि उनलाई भर्ना गरिएको थियो । गत महिना आयोजित एकता महाधिवेशनका बेला पनि स्वास्थ्यमा समस्या देखिएपछि वैद्य पूरै समय बन्दसत्रमा बस्न सकेका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us