काठमाण्डु,१३ पुस– आज शनिबार त्रिभुवन विश्वविद्यालयले ५०औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाइरहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदै छन् ।
रङ्गशालामा सोही सङ्ख्यामा अभिभावकको समेत सहभागी भएका छन । समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुने भएका हुन् ।
समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरीने भएको छ । दीक्षित हुन लाग्दाको खुसी दशरथ रङ्गशालामा उपस्थित विद्यार्थीको अनुहारमा देखिन्छ ।