समाचार

एमाले संसदीय दलको बैठक मंगलबार बस्दै

२०८१ माघ १३ गते १४:०२

काठमाण्डू, १३ माघ– सत्ता घटक दल एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिएका छन । संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न...

हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

२०८१ माघ १३ गते १३:५६

काठमाण्डू, १३ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसद्‌मा सम्बोधन गर्ने भएका छन । संसद्को हिउँदे अधिवेशन आगामी १८ माघबाट सुरु हुँदै छ । उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश...

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रमुख सचेतक बर्तौला

२०८१ माघ १३ गते १३:५०

काठमाण्डू, १३ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रमुख सचेतक बर्ताैला आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेका थिए । भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका...

आफैंले स्थापना गरेको फाउण्डेसनमा पढ्ने किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा मदन राई दोषी ठहर

२०८१ माघ १३ गते १२:४६

काठमाण्डू, १३ माघ– बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई जिल्ला अदालत खोटाङले दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले राईलाई दोषी ठहर गरको हो । न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले १० माघमा...

कैलालीमा भाइले कैची प्रहार गरी गरे दाइको हत्या

२०८१ माघ १३ गते १२:४१

काठमाण्डू, १३ माघ– कैलालीको धनगढी उपमहानगरपालिका–१७ मा भाइले कैची प्रहार गरी आफ्नै दाइको हत्या गरेका छन । हिजो शनिबार राति साढे १२ बजेतिर ३५ वर्षीय दाइ लालबहादुर बोहरालाई उनका भाइ ३० वर्षीय प्रकाशले कैची प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीको प्रवक्ता दर्शन खड्काले जानकारी...

अखिल क्रान्तिकारीको मतगणना स्थगित, धाँधली भएको नारायणकाजी र जनार्दन समूहको आरोप

२०८१ माघ १३ गते १०:१२

काठमाण्डू, १३ माघ– माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका शनिबार भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ । प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पसमा उपत्यका विशेष प्रदेश र विश्वविद्यालयको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले पनि मतदान भएको जानकारी दिएपछि विवाद भएको हो...

गोठालो गएका दुई किशोरी जंगलमा मृत फेला

२०८१ माघ १३ गते ८:१८

अछाम, १३ माघ– अछाममा दुई किशोरी मृत फेला परेका छन् । ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी र उदय खड्काकी छोरी सरस्वती सोही गाउँपालिका–१ स्थित जंगलमा मृत भेटिएका हुन् । अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक टेकबहादुर देउवाका अुनसार शुक्रबार दिउँसो गोठालो गएका...

राप्रपामा राजावादी र गणतन्त्रवादी कित्ता, पार्टी फुटाउन खोजिएको लिङ्देन पक्षको आरोप

२०८१ माघ १२ गते १९:१५

काठमाण्डू, १२ माघ– पूर्वपञ्चहरुको दल भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । राप्रपाको जारी केन्द्रीय समितिमा अध्यक्ष राजेन्द्र लिङदेन र महामन्त्री धवलशमशेर जबराबीचको विवाद छताछुल्ल भएको हो । शनिबारको बैठकमा राणाले अध्यक्ष लिङदेनको आलोचना गरेकामा विरोध भएको छ...

सांसदहरुलाई अध्यादेशको पक्षमा उभिन देउवाको निर्देशन

२०८१ माघ १२ गते १८:५४

काठमाण्डू, १२ माघ– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले केही समयअघि ल्याएको अध्यादेशको पक्षमा उभिन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । सिंहदरबारमा शनिबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा पार्टीका मन्त्रीहरुसहित सांसदसँग आयोजित छलफलमा देउवाले अध्यादेशको पक्षमा एकढिक्का हुन निर्देशन दिए । देउवाले संसदभित्र र बाहिर...

यथास्थितिमा कम्युनिष्ट आन्दोलन अगाडि बढ्दैनः श्रेष्ठ

२०८१ माघ १२ गते १८:३१

काठमाण्डू, १२ माघ–माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका छन्। पार्टीको भ्रातृ संगठन नेपाल बुद्धिजीवी संगठनले ललितपुरमा आयोजित तेस्रो जिल्ला सम्मेलनमा उनले पार्टीको रूपान्तरण अनिवार्य रहेको बताए । नकारात्मक र कमजोर पक्षलाई फेर्ने, आन्तरिक एकता बलियो बनाउने, समाजवादलाई...

देशमा जनताले पत्याएकाहरुको सरकार छ, आशाको संवाहक प्रधानमन्त्री हुनुहुन्छः शंकर पोखरेल

२०८१ माघ १२ गते १८:२६

काठमाण्डू, १२ माघ– एमाले महासचिव शंकर पोखरेलले जनताबाट अस्वीकृतहरुले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकारविरुद्ध भ्रम फैलाउन खोजेको टिप्पणी गरेका छन् । युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै उनले आफ्ना अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई अप्राकृतिक भनेर जनतालाई दिगभ्रमित पार्न खोजिएको बताएका हुन् ।...

यो सरकार ०८४ सम्म टिकोस् भन्ने चाहना छः प्रचण्ड

२०८१ माघ १२ गते १८:१२

दाङ, १२ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान काँग्रेस–एमाले गठबन्धन सरकार ०८४ सालसम्म टिकोस् भन्ने पक्षमा आफू रहेको बताएका छन् । पार्टी सम्वद्ध पत्रकारको संस्था प्रेस सेन्टरले शनिबार दाङमा गरेको पत्रकार भेटभाटमा उनले ०८४ सम्म यो सरकार टिकिदिए हुन्थ्यो भन्ने आफूहरुको चाहना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us