समाचार

एमालेविरुद्ध डेउडा गाउँदै भीम रावलले भनेः ‘बामाल्याको पार्टी देशैबाट ध्वस्त बनाऊँ

२०८१ माघ १३ गते २०:४१

काठमाण्डू, १३ माघ– एमालेबाट निष्काशनमा परेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका भीम रावलले गृह जिल्ला अछाममा एमालेविरुद्ध डेउडा गाएका छन् । अछामको साँफेबगरमा अभियानको नगर स्तरीय भेलामा आफू डेउडा नाचेको भिडियो रावलले आइतबार सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । १ मिनेट ३९ सेकेन्डको भिडिओमा...

कानूनले दिएको अधिकार उपयोग गर्न मन्त्री दाहालको निर्देशन

२०८१ माघ १३ गते २०:१८

काठमाण्डू, १३ माघ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नहिच्किचाई कानूनले दिएको अधिकार उपयोग गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । नियत सफा राखेर दायित्वलाई नबिर्सी कानुनले दिएको अधिकार उपयोग गर्न उनले आग्रह गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको...

सरकार भ्रष्टाचार गर्न र भ्रष्टाचारी जोगाउन तल्लीन छः राप्रपा

२०८१ माघ १३ गते १९:५८

काठमाण्डू, १३ माघ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकारले भ्रष्टाचार गरिरहेको आरोप लगाएको छ । आइतबार सम्पन्न राप्रपा केन्द्रीय समिति बैठकले सरकार भ्रष्टाचारमा संलग्न रहेको र प्रष्टाचारीको संरक्षण गरिरहेको निस्कर्ष निकालेको हो । केन्द्रीय समितिको निर्णयको एक नम्बरमै केपी ओली नेतृत्वको वर्तमान कांग्रेस–एमाले गठबन्धन...

रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतको आदेश

२०८१ माघ १३ गते १९:४५

काठमाण्डू, १३ माघ– रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको छ । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा आइतबार उनलाई आइतबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको...

भीम रावलको डेउडाः एमाले आच्छिन बामालेले खाइसक्यो !

२०८१ माघ १३ गते १८:१०

काठमाण्डू, १३ माघ– एमालेको कारबाहीमा परेपछि पूर्व उपाध्यक्ष समेत रहेका नेता डा.भीम रावल यति बेला गृह जिल्ला अछामको भ्रमणमा रहेका छन । मातृभूमि जागरण अभियान, नेपालका नामले राजनीतिक अभियान थालेका रावल पार्टी नै बनाउने गरी संगठन निर्माणको काम सुरु गरेका छन । यसैको जग...

दुई किशोरी मृत भेटिए, कुकुरसहितको टोलीबाट अनुसन्धान सुरु

२०८१ माघ १३ गते १८:०५

काठमाण्डू, १३ माघ– अछाममा शुक्रबारदेखि हराएका दुई किशोरी मृत घटना शंकास्पद भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । आछामको ढकारी गाउँपालिका–८ का कमल खड्काकी छोरी ईश्वरी खड्का र सोही ठाउँका उदय खड्काकी छोरी सरस्वती खड्का शुक्रबारदेखि हराएका थिए । उनीहरू दुवै जना बाख्रा चराउन...

बेचन झाको कागजात मगाउन सर्वोच्चको आदेश

२०८१ माघ १३ गते १७:५५

काठमाण्डू, १३ माघ– सर्वेच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले ‘अन्य’ आदेश दिएको हो । झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एकजना पक्राउ

२०८१ माघ १३ गते १७:४८

काठमाण्डू, १३ माघ– प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर रहेकी प्रहरीले जानकारी दिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय...

मेयरको निर्णय उपमेयरले उल्टाएपछि इटहरीमा लफडा

२०८१ माघ १३ गते १७:३७

काठमाण्डू, १३ माघ– आज आइतबार बिहान इटहरी उपमहानगरपालिकाका कर्मचारी आफैंले केही घण्टा सेवा अवरुद्ध गरे । उपमेयरसहित केही वडाध्यक्षहरूले कर्मचारीलाई अभद्र व्यवहार गरेको भन्दै कर्मचारीले सेवा अवरुद्ध परेका छन । शुक्रबार उपमेयरसहित एमालेका वडाध्यक्षहरूसँग प्रशासन शाखा प्रमुख सञ्जीव खड्काको भनाभन परेको छ । खड्काको...

महेश बस्नेतलाई ज्वाला संग्रौलाको जवाफः अहिले कुर्सी तिम्रा बाको, त्यसपछि हाम्रो दाइको

२०८१ माघ १३ गते १६:५४

काठमाण्डू, १३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन । हिजो शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत...

रवि लामिछानेले गृहमन्त्री हुँदा बलात्कार आरोपीलाई उन्मुक्ति दिएको रास्वपा नेतृको खुलासा

२०८१ माघ १३ गते १६:४९

काठमाण्डू, १३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाले पार्टी सभापति रवि लामिछाने गृहमन्त्री हुँदा बलात्कारको आरोप लागेको एक जना व्यक्तिलाई उन्मुक्ति दिएको खुलासा गरेकी छन । हिजो शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपा सभापत...

रविको मुद्दामा जवाफी बहस सकियो, आजै आदेश आउने

२०८१ माघ १३ गते १६:३७

काठमाण्डू, १३ माघ– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा जवाफी बहस सकिएको छ । लामिछानेसहितको मुद्दामा सरकारी, जाहेरवाला र प्रतिवादीका वकिलहरूको थुनछेक बहस सकिए लगत्तै जवाफी बहस भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us