काठमाण्डू, १३ माघ– प्रहरीले सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर रहेकी प्रहरीले जानकारी दिएको छ ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।
अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन उनीबाट बरामद भएको प्रहरीको भनाइ छ । बाह्य मुलुकबाट काठमाण्डू आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको प्रहरीले जानकारी दिएको छ उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जानकारी दिएको छ ।