काठमाण्डू, १३ माघ– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमाले प्रमुख सचेतक महेश बर्तौलाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न प्रमुख सचेतक बर्ताैला आज आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेका थिए ।
भेटमा संसद्को हिउँदे अधिवेशन, बिजनेश लगायत, अध्यादेश लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ । हिउँदे अधिवेशन आगामी १८ गतेबाट सुरु हुँदैछ ।
त्यसअघि सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षका मुख्य सचेतक र सचेतकसँग छलफल गर्दैछन् । एमाले मुख्य सचेतक बर्तौला प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएपछि सभामुखसँगको भेटवार्ता केहीबेर ढिलो भएको बताइएको छ ।